भारतमा कोरोना संक्रमणको अवस्था भयाबह बन्दै

संक्रमितको संख्या १६ लाख नजिक

काठमाडौं- दक्षिण एसियाली मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १५ लाख नाघेको छ । भारतमा गएको २४ घन्टामा मात्रै ५२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यो सँगै भारतमा हालसम्म संक्रमित हुनेको संख्या १६ लाख नजिक पुगेको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या पनि भारतमा ३५ हजारभन्दा बढी छ । भारतसँगै विश्वमा कोरोनाबाट बढी प्रभावित मुलुकमा संयुक्त राज्य अमेरिका र ब्राजिल रहेका छन् । ब्राजिलमा बितेको २४ घन्टामा मात्रै ७० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यो सँगै ब्राजिलमा हालसम्म २५ लाख ५५ हजारभन्दा बढी संक्रमित पुगिसकेका छन् भने मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ ।

यसैगरी अमेरिकामा वितेको २४ घन्टामा ५८ हजार बढी नयाँ संक्रमित थपिएका छन् । यो सँगै अमेरिकामा कुल संक्रमित हुनेको संख्या ४५ लाख ५७ हजार नाघेको छ । अमेरिकामा कोरोना संक्रमणकै कारण हालसम्म १ लाख ५३ हजारभन्दा बढीको ज्यान गइसकेको छ । विश्वमा वितेको २४ घन्टामा करिब २ लाख ७५ हजार नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ७१ लाख ५९ हजार नाघेको छ । कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या पनि ६ लाख ६९ हजारभन्दा बढी छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.