ललितपुरको कर्फ्युमा जे देखियो (भिडियो)
ललितपुर- जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको हो ।
कोरोनाको भाइरसको सङ्क्रमण फैलन नदिने उद्देश्यका साथ निषेधाज्ञा जारी भएको अवस्थामा बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर पाटन क्षेत्रमा तनाव भएपछि स्थिति नियन्त्रणमा लिन ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले कर्फ्यु आदेश जारी गर्नुभएको हो ।
कर्फ्युका कारण ललितपुर शुक्रबार शान्त रह्यो ।
स्थानीय प्रशासनको अनुमतिविना नै केही युवाले मच्छिन्द्रथानको रथ तान्ने प्रयास गरेपछि प्रशासनले रोकेको थियो । निषेधाज्ञाका क्रममा केही युवाले कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीमाथि नै आक्रमण गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्