बुटवलमा दुई र चितवनमा एकको मृत्यु
काठमाडौं– नेपालमा कोभिड १९ भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । बुटवलमा २ र चितवनमा थप १ जनाको मृत्यु भएको हो ।
बुटवलको कोरोना विशेष अस्पतालमा नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो । नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए । ज्वरो र स्वासप्रस्वासको समस्या रहेका दुबैको भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो ।
गएराती र आज बिहान थप २ जनाको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७४ पुगेको छ । यो भदौ महिनाको १९ दिनमा मात्रै १ सय ६७ जनाको मृत्यु भैसकेको छ । हालसम्म संक्रमितको संख्या ४४ हजार नाघेको छ भने निको भएर घर फर्कनेको संख्या पनि २५ हजार ५ सय नाघेको छ ।
हिजोको २४ घण्टामा मात्रै १३ सय ५९ जना संक्रमित थपिएका छन् । तर निको हुनेको संख्या हिजो अहिलेसम्मकै अत्याधिक १३ सय ५४ रह्यो । यसैबीच काठमाण्डौमा अहिलेसम्म ६ हजार ८ पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्