सचेतना जगाउँदै स्वास्थ्य मन्त्रालय
काठमाडौं– विश्वव्यापी महामरीका रूपमा फैलिएको कोरोनाभाइरसबाट बच्न सबैले अपनाउनुपर्ने उपाय तथा सावधानीका बारेमा जानकारी दिने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक दिने जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।
जनचेतनामूलक कार्यक्रमअन्तर्गत स्वास्थ्य मन्त्रालयले नेपाल स्काउटका स्वंयसेवीहरू र सुरक्षा निकायको सहयोगमा काठमाण्डौँ र ललितपुरका विभिन्न स्थान र चोकचोकमा गई स्थानीयहरुलाई सचेत गराएका छन्। त्यस क्रममा अनावश्यक काम नपरे ननिस्कन, निस्कनै परेमा स्वास्थ्य सुरक्षामा सबै मापदण्ड अपनाएर कम्तीमा दुई मिटरको दूरी अपनाउन सुझाव दिइएको छ।
कोरोनाभाइरस समुदायमा फैलिसकेको अवस्थामा समुदायलाई सजग बनाउन मन्त्रालयले गरेको कार्य प्रशंसनीय भएको स्थानीयहरूले बताएका छन्।
प्रतिक्रिया राख्नुहोस्