कोरोना संक्रमणबाट नेपालमा एकै दिन १७ जनाको मृत्यु
नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६५ प्रतिशतको ज्यान गएको छ
काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये १२ जना पुरुष र ५ जना महिला छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६५ प्रतिशतको ज्यान गएको छ ।
प्रतिक्रिया राख्नुहोस्