इजराइलमा भएको धार्मिक मेलामा भागदौड मच्चिँदा ४४ जनाको मृत्यु
इजरायल- इजराइलको उत्तर पूर्वी क्षेत्रमा धार्मिक मेलामा सहभागीहरु बीच भागदौड मच्चिँदा ४४ जनाको मृत्यु भएको छ ।
घटनामा परी कयौं मानिस घाइते भएका छन् ।
इजराइली आपतकालिन सेवाले घाइते भएकाहरुलाई उद्दार गरिरहेको छ ।
घटनालाई इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ठूलो विपद् भएको बताउनु भएको छ ।
कोरोनाभाइरसको महामारीका कारण गत वर्ष सो कार्यक्रममाथि प्रतिबन्ध लगाइएको थियो।
यसपालि इजरायलका ५० प्रतिशतभन्दा बढी मानिसलाई कोरोनाविरूद्धको पूर्ण खोप लगाइसकिएको र संक्रमण घटेका कारण सरकारले कार्यक्रम गर्न अनुमति दिएको थियो। धार्मिक कार्यक्रममा दशौं हजार भेला भएका थिए ।
कोरोना भाइरसको महामारी सुरू भएपछि इजरायलमा यति धेरै मानिस जमघट भएको यो पहिलो कार्यक्रम थियो ।।
प्रतिक्रिया राख्नुहोस्