राष्ट्रपतिद्वारा भारत र चीनका राष्ट्रपतिसँग संवाद, खोप उपलब्ध गराउन आग्रह

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्द र चिनियाँ समकक्षी सी जिनपिङसँग कोरोनाविरूद्धको खोप उपलब्ध गराइदिन पहल गरिदिनको लागि अनुरोध गर्नुभएको छ ।

भण्डारीले नेपालमा कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि चीन सरकारले सहयोग गरेकोमा धन्यवाद दिँदै नेपाललाई थप खोप आवश्यक रहेकोले खरिदका लागि सहजीकरण गरिदिन चिनियाँ समकक्षी सी जिनपिङसँग आग्रह गर्नुभएको हो । राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालका अनुसार भण्डारी र सी बीच बुधबार दिउँसो करिब ४० मिनेट कुरा भएको थियो ।

राष्ट्रपति भण्डारीले भारतीय समकक्षीलाई कूटनीतिक माध्यमबाट पत्राचार गर्दै खोप उपलब्ध गराउन पहलका लागि आग्रह गर्नुभएको राष्ट्रपतिका सञ्चार विज्ञ ढकालले जानकारी दिनुभयो । आफ्नो पत्रमा राष्ट्रपति भण्डारीले भारतले यसअघि अनुदानमा दिएको खोपका लागि भारत र भारतीय जनतालाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

भारतले यसअघि १० लाख डोज खोप अनुदान दिएको थियो भने चीनले ८ लाख डोज अनुदान दिएको थियो । भारतसँग नेपालले २० लाख डोज खोप किन्नका लागि सम्झौता गरेकोमा १० लाख खोप मात्रै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.