राष्ट्रपतिको आग्रहलगत्तै १० लाख डोज खोप दिने चीनको घोषणा

काठमाडौं– राष्ट्रपतिको आग्रहलगत्तै १० लाख डोज खोप दिने चीनले घोषणा गरेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिनले नेपाललाई थप १० लाख डोज खोप अनुदान सहयोग दिने प्रतिबद्धता गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार भएको टेलिफोन संवादमा चिनियाँ राष्ट्रपति सीले उक्त प्रतिबद्धताजनाएको नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले ट्वीट गर्दै जानकारी दिनुभएको छ ।

चीनले यसअघि नेपाललाई ८ लाख डोज खोप अनुदानमै दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.