प्रतिनिधिसभा विघटनसम्बन्धी १९ वटा रिट प्रधानन्यायाधीशको एकल इजलासमा

कठमाडौं- प्रतिनिधिसभाको विघटनसम्बन्धी १९ वटा मुद्दाको सुनुवाइ सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको एकल इजलासमा हुने भएको छ ।

सर्वोच्च अदालले प्रकाशित गरेका आजको पेशी सूचीमा सो कुरा उल्लेख छ ।

प्रतिनिधसभा दाेस्राे पटक विघटनपछि सर्वाेच्चमा ३० वटा रिट दायर भएका र त्यस मध्ये ११ वटा रिट भने संवैधानिक इजलासमा दर्ता भएका छन् ।

संबैधानिक इजलासमा दर्ता भएका ११ वटा रिटकाे प्रारम्भिक सुनुवाइ भाेलि हुने छ ।

यही जेठ ८ गते मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नु भएकाे थियाे ।

प्रतिनिधि सभा विघटनको विरुद्दमा विपक्षी दलहरुका सांसदहरु स-शरिर सर्बोच्चमा उपस्थित भएर रिट दायर गर्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.