डोटीमा पहिरोमा परेर दुई बालबालिकाको मुत्यु

डोटी- लगातार परिरहेको वर्षाका कारण डोटीमा पहिरोमा परेर दुई बालबालिकाको मुत्यु भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका-५ का ७ बर्षीय बालक बिनोद भण्डारी र ११ बर्षीया बालिका जेनिषा विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटी प्रहरी प्रमुख दान बहादुर मल्लले बताउनुभयो ।

उनिहरुको दिपायल सिलगढी नगरपालिका-५ को चिसापानी भन्ने ठाउँ पहिरोमा पुरिएर मृत्यु भएको हो । बाख्रा चराउन गएका उनिहरु पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला माथिबाट पहिरो खस्दा च्यापिएका थिए ।

नेपाल प्रहरी, स्थानियले पहिरो पन्छ्याउदा उनिहरुको शव मृत फेला परेको हो । बुधबार मात्रै जिल्लाको केआई सिंह गाउपालिकाका ६५ वर्षीय पुरुषको पहिरोमा परी मृत्यु भएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.