अफगानिस्तानमा सरकारी कर्मचारीलाई आममाफी दिने तालिबानको घोषणा
काबुल- अफगानिस्तानमा राज्यसत्ता विफल पारेको तालिबानले देशभरिका सरकारी कर्मचारीलाई आममाफी दिने घोषणा गर्दै काममा फर्किन आग्रह गरेको छ । साथै महिलालाई सरकारमा सामेल हुन तालिबान नेताले आह्वान गरेका छन् ।
तालिबानको सांस्कृतिक आयोगका सदस्य इनामुल्लाह समङ्गनीले काबुल विमानस्थलबाट विदेश भाग्नेहरुबीच उत्पन्न भएको भयानक परिस्थतिको भोलिपल्ट अन्तर्वार्तामार्पत् कर्मचारी र महिलालाई आश्वस्त पार्ने प्रयास गरेका हुन् । अफगान सरकार ढलेपनि नयाँ सकार गठन हुन सकेको छैन ।
अफगानस्तानको नाम अब इस्लामिक इमिरेट अफगानिस्तान रहने भन्दै महिलालाई पीडित नबनाइने ती तालिबानी नेताले बताए ।
प्रतिक्रिया राख्नुहोस्