आइपीएल २०२१ को उपाधी चेन्नई सुपर किङ्सलाई

इन्डियन प्रिमियर लिग आइपीएल २०२१ को उपाधी चेन्नई सुपर किङ्सले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा चेन्नाईले कोलकाता नाइटराइडर्सलाई २७ रनले पराजित गर्दै चौथो पटक च्याम्पियन बनेको हो ।

युएईको दुबई क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको चेन्नाईले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १९२ रन बनाएको थियो ।

ओपनर फाफ डु प्लेसिसले सर्वाधिक ८६ रनको पारी खेल्दै चेन्नाईलाई बलियो बनाएका थिए । १९३ रनको जीत लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको कोलकाता २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रनमा समेटिएपछि फाइनल उपाधी चेन्नाईको हातमा गएको हो ।

कोलकाताका ओपनद्वय वेकटेश ऐर र सुभमन गिलले १० दशमलव ४ ओभरमा ९१ रनको साझेदारी गर्दै सुखद सुरुवात गरेपछि अन्य व्याट्सम्यानहरु चल्न नसक्दा कोलकाता पराजित हुन पुगेको हो ।

यसअघि चेन्नई २०१० मा मुम्बई इन्डियन्सलाई २२ रनले पराजित गर्दै पहिलोपटक च्याम्पियन बनेको थियो भने यो चेन्नईको चौथो उपाधी हो ।

साविक विजेता मुम्बई इन्डियन्स भने समूह चरणबाटै बाहिरिसकेको थियो । च्याम्पियन चेन्नई सुपर किङ्सले दश करोड भारु पुरस्कार प्राप्त गरेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.