रुसमा अझै प्रदर्शन

युक्रेन युद्धमा जगेडा सेना परिचालन गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध रुसमा अझै पनि प्रदर्शन भइरहेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा झण्डै तीन लाख जगेडा सेनिक परिचालन गर्ने निर्णयसँगै देशभरिका मुख्य शहरहरुमा प्रदर्शन सुरु भएको हो । प्रदर्शनमा सहभागी सयौं मानिसलाई प्रशासनले गिरफ्तार गरेको एक स्वतन्त्र अधिकार समूहले जनाएको छ । शनिबार मात्रै रुसका ३२ वटा शहरहरुमा भएका प्रदर्शनमा सहभागी ७ सय २४ जनालाई प्रशासनले नियन्त्रणमा लिएको छ । रुसमा अवैधानिक रुपमा जुलुसहरु निकाल्न प्रतिबन्ध लगाइएको छ ।

युद्धमा परिचालन गर्नका लागि युवाहरुलाई सेनामा भर्ना गर्ने पुटिनको निर्णयले रुसका शहरी क्षेत्रहरुमा ठूलो हलचल नै मच्चिएको छ । आन्दोलन तथा प्रदर्शन पनि शहरी क्षेत्रमा नै बढी भइहरहेका छन् । यस साताको शुरुमै भएको प्रदर्शनमा सहभागी १ हजार जनाभन्दा बढी सर्वसाधारणलाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.