माओवादीबाट राष्ट्रियसभा अध्यक्षको उम्मेदवारमा नारायण दाहाल

काठमाडौँ- नेकपा माओवादी केन्द्रले नेता नारायण प्रसाद दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टी र माओवादी केन्द्रको चार दलीय गठबन्धनले गरेको ८ बुँदे सहमतिमा राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्ष नेकपा एमालेलाई दिने उल्लेख छ ।
२०७८ चैतमा तत्कालिन सरकारले दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेको थियो ।
यसै बीच आइतबार बसेको नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको बैठकले राष्ट्रिय सभा अध्यक्षमा दलबाट युवराज शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्