माओवादीले लगानीभन्दा धेरै लाभांश खोज्यो: योगेश भट्टराई

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रले आफ्नो लगानीभन्दा धेरै लाभांश खोज्दा समस्या भएको बताउनु भएको छ ।

प्रतिनिधि सभाको आज बैठकमा  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मागेको विश्वासको मतमाथिको छलफलमा भाग लिदै एमाले नेता भट्टराईले माओवादीले लगानी भन्दा बढी लाभांश खोजेको बताउनु भएको हो ।

भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‌मा गरेको १ घण्टा २२ मिनेट भाषण प्रधानमन्त्रीको रूपमा अन्तिम हो कि जस्तो लागेको बताउनु भयो ।

भट्टराईले प्रधानमन्त्रीले केही गलत सूचना दिएको बताउँदै त्यसको जबाफदेही भोलीका दिनमा हुनुपर्ने बतउनु भयो।

स्थायी सरकार, देशमा रोजगारी सिर्जना, नेपाली विदेश जान नपर्ने अवस्था सिर्जना गर्न दुई पार्टीको गठबन्धन बनेको भन्दैनेता भट्टराईले संसद्का दुई ठुला दलमध्ये एउटा सरकारमा र एउटा प्रतिपक्षमा रहने चलन भए पनि कांग्रेस एमालेको सहकार्यबाट नै देशमा ठुला परिवर्तन भएको दाबी गर्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.