पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सुरु

करिब १७ लाख किशोरीलाई खोप लगाईने लक्ष्य

काठमाडौँ- पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान आजबाट सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो अभियानको शुभारम्भ गर्नुभएको हो ।

विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आज आयोजित देशव्यापी अभियानको शुभारम्भ गर्दै प्रभानमन्त्री केपी शर्मा ओलीले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियानलाई सफल पार्न सबैको साझा प्रयास आवश्यक भएको बताउनुभएको छ ।

उहाले मानव जातिको सुख र समृद्धि सरकारको लक्ष्य भएको बताउँदै नेपाली नागरिकलाई रोग र अभावबाट मुक्त गर्न वर्तमान सरकार क्रियाशील रहेको बताउनुभयो । उहाँले कोही बिरामी नहोउन् र बिरामी भइहालेमा सहज र गुणस्तरीय उपचारको प्रबन्ध होस् भन्नेमा सरकार सचेत रहेको समेत उल्लेख गर्नुभयो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्युनीकरण गर्न सबैले सहकार्य गर्न जरुरी रहेको बताउनुभयो । दिनमा ४ जना महिलाको पाठेघरको मुखको क्यान्सर भएर मृत्यु हुने तथ्यांक रहेको भन्नुहुँदै यसलाई न्युनीकरण गर्दै निवारणको स्थितिमा पुर्‍याउन सबैलै पहल गर्नुपर्ने बताउनुभयो ।

आगामी फागुन ६ गतेसम्म सञ्चालन हुने देशव्यापी अभियानमा कक्षा ६ देखि १० कक्षा सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई यो खोप लगाउने लक्ष्य राखिएको छ ।

भिडियो

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.