चिनियाँ महिलासहित कोरोना संक्रमित थप दुई जनाको मुत्यु

काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड १९)बाट चिनियाँ महिलासहित थप दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो । मृत्यु हुनेमा पोखरामा कार्यरत ५९ वर्षीया चिनियाँ महिला र धनुषाका एक पुरुष छन् ।

धनुषाको जनकपुर उपमहानगरपालिका निवासी पुरुष व्यक्तिलाई स्वास्थ्य समस्या भएपछि साउन २ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भर्ना गरिएको थियो । कोरोना पुष्ति भएका उहाँको भेन्टिलेटरमा राखेर उपचार गराउनेक्रममा मंगलबार मृत्यु भएको हो ।

यसैगरी चिनियाँ महिलामा गम्भीर स्वास्थ्य समस्या भएपछि पोखराको मणिपाल अस्पतालबाट हेलिकोप्टरमा काठमाडौंको ग्रान्डी अस्पताल भर्ना गरिएको थियो । नमूना जाँच गर्दा कोरोना पुष्टि भएको उहाँको त्रिवि शिक्षण अस्पतालमा थप उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।

थप दुई सँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.