विश्वभर एकै दिनमा २ लाख ७६ हजार कोरोना संक्रमित थपिए

काठमाडौं –  विश्वभर  कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ५३ लाख ६१ हजार नाघेको छ । गएको २४ घन्टामा मात्रै २ लाख ७६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । एकै दिनमा संक्रमित हुनेको यो संख्या अहिलेसम्मकै अध्यधिक हो । कोरोना संक्रमणकै कारण विश्वमा ६ लाख २५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा मात्रै विश्वमा ६ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ । विश्वमा कोरोना संक्रमणबाट संयुक्त राज्य अमेरिका, ब्रजिल र भारत सबैभन्दा बढी प्रभावित छन् । संयुक्त राज्य अमेरिकामा हालसम्म ४० लाख ९८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने मृत्यु हुनेको संख्या पनि १ लाख ४६ हजारभन्दा बढी छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.