पत्नी हत्या अभियोगमा कारागार रहेका पूर्वडीआईजी कोइराला मुक्त

काठमाडौं– पत्नी हत्या अभियोगमा कारागार रहेका पूर्वडीआईजी कोइराला जेलमुक्त भएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले सर्वस्वसहित जन्मकैदको सजाय पाएका कोइरालाको बाँकी कैद मिनाह गरेपछि उनी मुक्त भएका हुन् । कोइराला बिहीबार बिहान ११ स् ५० बजे डिल्लीबजार कारागारबाट निजी कारमा बाहिरिए ।
कोइरालाले मकवानपुरको टिस्टुङ पालुङमा श्रीमती गीता ढकालको हत्या गरी जलाएर फर्किँदै गर्दा काठमाडौंबाट पक्राउ परेका थिए ।






प्रतिक्रिया राख्नुहोस्