सीतापाइलामा युवतीमाथि एसिड छ्याप्ने दुईजना पक्राउ

काठमाडौं– काठमाडौंको सीतापाइलामा एक युवतीमाथि बिहीबार साँझ एसिड हान्ने दुईजना पक्राउ परेका छन्।
ओखलढुङ्गाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार गर्ने रौतहट घर भएका मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मद पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरु बिहीबार राति नै डल्लुबाट पक्राउ परेका हुन्।
कार्कीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि उनीहरुले ट्वाइलेटमा प्रयोग गर्ने एसिड छ्यापिदिएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।






प्रतिक्रिया राख्नुहोस्