वरिष्ठ चिकित्सकलाई कोरोना पोजेटिभ पाइएपछि अस्पताल सिल

मोरङ- अस्पतालका वरिष्ठ चिकित्सकमा कोरोना पोजेटिभ पाइएपछि विराटनगर महानगरपालिकाको सिफारिशमा विराटनगर अस्पताल सिल गरिएको छ ।
विराटनगर महानगरपालिकाको सिफारिशमा महानगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रले अस्पताल सिल गर्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो ।
अस्पताल सिल गरिएको भएपनि विरामीका आफन्तहरुले भने आवतजावत गरिरहेका छन् । विराटनगर अस्पतालमा उपचाररत करिब १ सय ५० जना विरामीहरुको उपचाररत छन् ।-






प्रतिक्रिया राख्नुहोस्