सबै शाखा कार्यालय खोल्न बैंकहरुलाइ निर्देशन

काठमाडौं- नेपाल राष्ट्र बैंकले सम्पूर्ण स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न बैंकहरुलाइ निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै ‘सिफ्ट सिस्टम’हटाउन पनि भनेको छ । राष्ट्र बैंकको निर्देशनपछि विगतको जस्तै नियमितरुपमा बैंक तथा वित्तीय संस्थाका शाखा आठ घण्टा नै सञ्चालन गर्नुपर्नेहुन्छ ।
कोरोनाको सङ्क्रमण बढेको भन्दै गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि बैंक तथा वित्तीय संस्थाले सीमित सङ्ख्याका शाखा मात्रै सीमित समयका लागि सञ्चालन गरेका थिए ।
बैंकिङ कारोवारको समयसम्म नियमितरुपमा बैंक तथा वित्तीय संस्थाका शाखा खोलेर सेवाग्राहीलाई सेवा दिन बैंकले परिपत्रमा उल्लेख गरेको छ ।-






प्रतिक्रिया राख्नुहोस्