अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा

साना सवारी साधन सञ्चालन गर्न सकिने अवस्थामा

चितवन- अविरल वर्षाका कारण अवरुद्ध पृथ्वी राजमार्ग आजदेखि सञ्चालन भएको छ । बेनिघाट रोराङ गाउँपालिका–१० अन्तर्गत मौवाखोलामा मौवा खोलाको बाढीले राजमार्गमा रहेको पुल छेउको सडक भत्काएको थियो ।

भत्किएको सडक नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र सडक विभागका कर्मचारीको सहयोगमा निर्माण गरिएको हो । खोलाको छेउतर्फको भागमा ग्याभिन जाली लगाएपछि अवरुद्ध राजमार्गमा साना सवारी सञ्चालन गर्न सकिने अवस्थामा पुगेको हो ।

अवरुद्ध भएको सडकमा पर्खाल लगाइएको र माटो गिटी बालुवा भरिएपछि अस्थायीरुपमा सडक सञ्चालनमा आउनसक्ने अवस्थामा आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सूचना अधिकारी रुपक खड्काले बताउनुभएको छ ।

सबै किसिमको सवारी सञ्चालन हुने गरी राजमार्ग सञ्चालन हुनका लागि अझै केही दिन लाग्नेछ । खोलामा डाइभर्सन गरी ग्याभिन जाली भरेर ठूलो पर्खाल लगाएपछि मात्र सडकमा ठूला सवारीसाधन सञ्चालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताउनुभएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.