२ करोड ५० लाखको लागतमा बाँसबारीमा पर्यावरण पार्क

काठमाडौं– आज भन्दा करिब २२ वर्ष अघि अर्थात २०५५ सालमा नक्शा पास र गुरुयोजना तयार भए पनि अलपत्र अवस्थामा रहेको बाँसबारीको महापुर पाखामा अब इको पार्क निर्माण हुने भएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा–३ को बाँसबासीमा आज बाँसवारी इको पार्कको शिलान्यास गरेसँगै त्यहाँ पार्क निर्माण हुने भएको हो । पार्कको शिलान्यास गर्दै प्रमुख शाक्यले बजेट अभाव हुन नदिने भन्दै पार्क निर्माणको काम समयमै सम्पन्न गर्न आग्रह गर्नुभयो । उहाँले जनप्रतिनिधिले परिक्षा दिइरहेको भन्दै परिक्षाको मूल्याङ्कन गर्ने जिम्मेवारी महानगरवासीको भएको पनि बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाको वडा–३, बुढालिनकण्ठ नगरपालिकाकाको वडा–७ र टोखा नगरपालिकाको वडा–४ को संगमा रहेको उक्त स्थानमा करीब २ करोड ५० लाखको लागतमा पार्क निर्माणको प्रक्रिया अघि बढाएको वडाध्यक्ष दिपक केसीले जानकारी दिनुभयो । पहिलो चरणमा उत्तर तर्फबाट सामाखुसी खोला सिमानाबाट दक्षिणतर्फ आधा सम्पन्न गर्ने लक्ष्य लिएको उहाँको भनाई छ ।
बाँकी दोश्रो चरणको काम सम्पन्न गर्न महानगरपालिकाले यो बर्षको बजेटमा एक करोड पचास लाख विनियोजन गरेको भन्दै समयमै काम सम्पन्न गर्ने गरी काम अघि बढाएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्