रञ्जन कोइरालाको आज पुनरावलोकनको पेसी
तीन जना न्यायाधीशबाट सुनुवाइ हुने
काठमाडौं- सर्वस्वसहित जन्मकैदको सजाय पाएका सशस्त्र प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आज पेसी तोकिएको छ ।
जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका पूर्व डीआइजी कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको हो ।
पूरक निवेदनमा सुनुवाइ हुने भएपछि मुद्दा पुनः विचारधीन बनेको छ । सर्वोच्चको पछिल्लो फैसलाउपर परेको पुनरावलोकन निवेदन अब तीन जना न्यायाधीशबाट सुनुवाइ हुनेछ ।-
प्रतिक्रिया राख्नुहोस्