पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणः ६२ प्रतिशत सम्पन्न

कास्की- पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ६२ प्रतिशतले सम्पन्न भएको छ । कोभिड-१९ का कारण सरकारले देशैभरी लकडाउन गरेपछि निर्माण सामाग्री ढुवानीमा परेको समस्या र मजदुर एवं प्राबिधिकहरु घर गएपछि निर्माणको काम सुस्त भएको थियो । तर लकडाउन खुलेपछि भने काम धमाधम भइरहेको छ ।

विमानस्थल १० जुलाई २०२१ सम्म निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । लकडाउनका कारण केहि समस्या आएपनि समयमै सक्ने गरी काम भैरहेको पोखरा क्षेत्रीय विमानस्थलका आयोजना प्रमुख बिनिश मुनाकर्मीले बताउनुभएको छ ।

राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग, टयाक्सी-वे र एप्रोन निर्माणसहित कन्ट्रोल टावर भवनको स्टिल स्ट्रक्चरको काम सम्पन्न भएको छ ।

अहिले निर्माणस्थलको ह्याङ्गर भवन लगाएत मुख्य टर्मिनल भवनको छतमा ट्रस्ट राख्ने काम सकेर बिधुत जडान गर्ने सहित फिनिसिङ्गको काम भैरहेको आयोजनाले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.