जमिन भासिएपछि पुर्ख्यौली थलो छाड्दै चाम्बास बाह्रबिसेका स्थानीय

ढुंगा खानीले थर्कायो जमिन

धादिङ – पुस्तौंदेखि बस्दै आएको थातथलो चिरा–चिरा पर्न थाले पछि गजुरी गाउँपालिकास्थित चाम्बास बाह्रबिसेका स्थानीयहरु अहिले बस्ने घर छाड्न बाध्य भएका छन् ।
वर्षाका कारण दैनिक जसो घर वरपरका जमिन चिरिएर भासिँदै गएको कारण आफुहरु पुरानो थलो छाड्न बाध्य भएको स्थानीयबसीहरुको भनाई छ ।

जमिन मात्र होइन घरहरु समेत चर्किएका छन । “चर्किएको घर कतिखेर भत्कने हो पत्तो छैन”- बाह्रविसेका स्थानीय बल बहादुर तामाङ्गको दुखेसो छ ।
आफ्नो जिउ धनको सुरक्षा त गर्नु नै पर्‍यो भन्दै अहिले स्थानीयहरु अन्यत्र स्थानमा बसाइँ सर्न थालेका हुन ।
बह्रविसेका स्थानीयहरुले भने अहिले आफुलाई सरकारले जति सक्दो चाडो सुरक्षित स्थानमा बासको बेवस्था गरिदिनुपर्ने माग गरिरहेका छन ।

लामो समयदेखि बस्ति मुनी पृथ्वी राजमार्गसंगै ढुङ्गा खानी संचालनका क्रममा जथाभावी ठुला मेसिनको प्रयोग भएकोले जमिन भासिन सुरु भएको स्थानीयहरुको भनाई छ ।
बाह्रबिसेमा बस्न योग्य नभएको बताउदै गजुरी गाउँपालीका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले त्यहाँका स्थानीयहरुको जिउधनको शुरक्षा स्थानीय सरकारले गर्ने जानकारी दिनुभएको छ । उहाँका अनुसार यहाँका मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ ।
बाह्रबिसे गाउँमा एक मिटरदेखी डेढ मिटरसम्म जमिन भासिएर तल सरेको छ ।

जमिन भासिन सुरु भएसंगै खानी भन्दा माथिका १६ घर परिवार विस्थापित भई सकेका छन् भने खानी मुनि बस्तिका स्थानीयहरु भने सुरक्षित बासको खोजिमा छन् । यहाँ जमीन भासिएर खस्न थालेकोले पृथ्वी राजमार्गमा समेत ठूलो क्षति पुग्ने देखिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.