स्पेनमा कोरोना संक्रमित बढ्दै

सिंगो युरोपमा संक्रमणको दरमा बृद्दी

स्स्पेन- स्पेनमा लकडाउन खुलेसँगै कोरोना भाइरसका संक्रमितहरु पनि बढ्न थालेकाले दोस्रो चरणको संक्रमण फैलिने सक्ने त्रास बढेको छ । स्पेनले संक्रमण नियन्त्रणका लागि नयाँ नियन्त्रणका विधिहरु अवलम्बन गरेको छ । क्याटलोनियाले दुई हप्ताका लागि रात्रीकालीन जीवन बन्द गर्ने निर्णय गरिसकेको छ ।

तर उत्तर पूर्वी क्षेत्रमा भने संक्रमण बढ्दो क्रममा रहेको छ । बेलायतले स्पेनबाट फर्कनेलाई अनिवार्य रुपमा सेल्फ आइसोलेसनमा बस्न भनेको छ । नर्वेले पनि बेलायतकै नीति अवलम्बन गर्दै सेल्फ आइसोलेसनमा बस्न अनिवार्य गरेको छ । यसै गरी फ्रान्सले यात्राका लागि चेतावनी दिएको छ ।

फ्रान्स र जर्मनी दुबै देशमा नयाँ संक्रमितहरु बढिरहेका छन् । अर्थतन्त्रलाई गति दिन लकडाउन खुल्ला गरिएसँगै नयाँ संक्रमित बढेका हुन् । स्पेनले संकटकाल अन्त्य गरेको एक महिना पनि नपुग्दै बार्सिलोना, राजधानी मेड्रिड, जारागोजा लगायतका शहरहरुमा नयाँ संक्रमितहरु बढेकाले सरकाले दोस्रो चरणको संक्रमण हुनसक्ने भन्दै चेतावनी दिएको हो । स्पेनको स्वास्थ्य मन्त्रालयले शुक्रबार मात्रै ९ सय नयाँ संक्रमित भेटिएको जनाएको छ । साथै एउटा सेकेन्ड डिभिजन फुटबल टोलीका २८ जनामा संक्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले शनिबार विज्ञप्ति निकाल्दै कोरोना भाइरसको प्रभावबाट कुनै पनि देश अछुतो रहन नसकेको बताउँदै ठूला बढी जनसंख्या भएका अमेरिकी र दक्षिण एसियाली मुलुक बढी प्रभावित भएको जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.