जनसम्पर्क हुने कार्यालयमा सुरु भयो भीड
कार्यालयहरुमा सामाजिक दूरीको ख्याल गरिएन
काठमाडौं– लकडाउन खुलेपछि जनसम्पर्क बढी हुने कार्यालयहरुमा भीड बढेको छ । तर ती कार्यालयहरुमा सामाजिक दूरीको ख्याल भने राखिएको छैन । विभिन्न कामका लागि त्यस्ता कार्यालयहरु धाउने आम व्यक्तिहरुमध्ये केहीले मास्क समेत प्रयोग गर्ने गरेका छैनन् ।
मुलुकमा दिनहुँ कोरोना संक्रमित ब्यक्तिहरु थपिँदै गएका छन् । सार्वजनिक जीवन सहज बनाउन लकडाउन हटाइए पछी कोरोना भाइरसविरुद्ध सावधानी अझ बढाउनु पर्ने खाँचो छ । तर विभिन्न कामका लागी सरकारी कार्यालय पुग्ने व्यक्तिहरुले सामाजिक दुरी कायम राखेको पाइन्न । अधिकांशले मास्कको प्रयोग गरे पनि केहीले भने मास्क लगाएका हुँदैनन् ।
सामाजिक दुरी पालना गर्नुका साथै घर बाहिर निस्कदा मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने स्वास्थ्य विज्ञहरुको सुझाव छ । सरकारले पनि मास्क प्रयोग गर्न सबैलाई आग्रह गरेकोछ । तर यदाकदा मास्क नलगाउनेहरु पनि भिडमा मिसिने गरेका छन् जसले कोरोना भाइरस संक्रमण फैलने खतरा बढाएकोछ ।।
प्रतिक्रिया राख्नुहोस्