कोरोना संक्रमणपछि संकटकाल घोषणा
काठमाडौं- उत्तर कोरियामा कोरोना नियन्त्रणका लागि भन्दै संकटकालको घोषणा गरिएको छ । कोरोना भाइरसको पहिलो संक्रमण देखा परेपछि संकटकाल घोषणा गरिएको जनाईएको छ ।
सिमानामा पर्ने काएसोङ सहरमा पहिलो कोरो सङ्क्रमित भेटिएकोले संकटकाल लगाउनु परेको समाचारमा उल्लेख छ ।
सर्वोच्च नेता किम जोङ उनले संकटकालको घोषणा गर्दै उच्च सतर्कता अपनाउनु पर्ने निर्णय गराउनुभएको हो । नेता किमले भाइरसलाई परास्त पार्न उच्चतम आपतकालीन प्रणाली लागु गर्न आदेश दिनुभएको छ ।
उत्तर कोरियाले यसअघि कोरोना सम्बन्धी कुनै पनि घटनाहरू नभएको दावी गर्दै आएको थियो ।-
प्रतिक्रिया राख्नुहोस्