मुस्ताङमा सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

मुस्ताङ- हिमालपारिको जिल्ला मुस्ताङ जाने सडक बाढीपहिराका कारण ठाउँठाउँमा भत्किएपछि मुस्ताङ्ग ‌ओहोरदोहोरमा समस्या भएको छ । पहिरोका कारण ठाउँठाउँमा सडक अवरुद्ध हुँदा म्याग्दी–जोमसोम क्षेत्रको सडक यातायात पूर्णरुपमा ठप्प छ ।

विग्रेको सडकलाइ तीव्रताका साथ मर्मत गर्दा पनि करिब एक महिना लाग्ने कालीगण्डकी करिडोर बेनी-जोमसोम-कोरोला सडक खण्डका आयोजना प्रमुख अशोक तिवारीले जानकारी दिनुभयो ।

सडक अवरुद्धसँगै डिजेल पेट्रोलको अभाव हुँदा यहाँ सञ्चालित कालीगण्डकी करिडोर आयोजना, विभिन्न पुल निर्माणलगायतका काम प्रभावित भएका छन् ।

यसैगरी ती क्षेत्रमा विद्युत आपुर्ति पनि वन्द भएको छ । विद्युत आपुर्ति सहज गराउन थापा खोला जलविद्युत् आयोजनामार्फत आपूर्ति गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिनुभयो ।

वर्षायाममा पटक पटक समस्या आइरहने ती क्षेत्रमा दीर्घकालीन समस्या समाधानका लागि भौगर्भिक अध्ययन गरी विकल्प खोज्‍नुपर्ने आवाज उठेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.