धेरै जनसम्पर्क हुने बाँकेका दुईवटा कार्यालय सिल
बाँके- बाँकेको नेपालगञ्जमा धेरै जनसम्पर्क हुने दुई सरकारी कार्यालयका कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भए लगत्तै ती कार्यालय सिल गरिएको छ ।
यातायात व्यवस्था कार्यालय नेपालगन्ज र आन्तरिक राजस्व कार्यालय नेपालगन्जका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि दुबै कार्यालय बन्द गरीएको हो ।
कोरोना संक्रमण समुदायमा पुगेको आशंका गरिएकाले परिक्षणको दायरा तथा चेतनामुलक गतिविधि बढाउने, स्वास्थ्य सतर्कता नअपनाउनेलाई कार्वाही गर्ने र क्वारेन्टाईनलाई थप व्यवस्थित बनाउदै लाने योजना बनाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुम्बाङ्गले जानकारी दिनुभयो ।
संक्रमित कर्मचारीहरुसँग सम्पर्कमा आएकाहरुको पहिचान गरी संक्रमण परीक्षण गर्ने तयारी भईरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।-
प्रतिक्रिया राख्नुहोस्