स्मार्ट सडक बत्ती जडान गर्दै ललितपुर महानगरपालिका

कूल लागत ५ करोड २० लाख रुपयाँ

ललितपुर- ललितपुर महानगरपालिकाले महानगरलाई स्मार्ट सिटी बनाउने अभियान अन्तर्गत स्मार्ट सडक बत्ती जडान गर्न थालेको छ ।
महानगरपालिकाले नेपाल बिद्युत प्राधिकरणसँग सहकार्य गरेर तीन ओटा रुटमा ६ सय ६९ वटा स्मार्ट सडक बत्ती जडान गर्न लागेको हो ।

हाललाई थापाथलीको बाग्मती पुलबाट जावलाखेल, लगनखेल हुँदै सात दोवाटोसम्म, हिमालय होटल इनार देखि पाटनढोका, अशोकहल, मंगलबजार हुँदै लगनखेलसम्म र पुल्चोक मंगलबजार हुँदै ग्वार्कोसम्म सडक बत्ती जडान गर्ने योजना रहेको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिनुभयो ।

गौरवशाली आयोजनाका रुपमा रहेको यो योजनामा भ्याटसहित कूल लागत ५ करोड २० लाख रुपयाँ लाग्ने छ । महानगरपालिकाले काम सुरु भएको मितिले ४५ दिन भित्र काम सम्पन्न गर्ने गरी क्रम्टन महावीर जेभीलाई योजनाको जिम्मा दिएको छ ।

स्मार्ट सडक बत्ती जडान गर्ने ललितपुर महानगरपालिका पहिलो स्थानिय तह बनेको महानगरपालिकाले सडक बत्तीलाई बाल्न र निभाउन कम्प्युटरको सहायताले सर्भर रुमबाट नियन्त्रण गरिने र बत्ती बाले बापतको शुल्क मिटर रिडिंग गरी नगरपालिकाले बेहोर्ने ब्यवस्था मिलाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.