मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा

पहिरो र डुबानले जनजीवन प्रभावित

काठमाडौं- मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । गए रातिदेखि न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले मनसुन थप सक्रिय भई वर्षा भएको हो ।

भोलिसम्म देशभर बदली रही मुलुकको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिरहेकाले जमिन गलिसकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुबान र पहिराको जोखिम बढेको मौसमविद्हरुको भनाइ छ ।

बर्षासंगै नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने र डुबानसमेत हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.