राष्ट्रपतिबाट दुई विधेयक प्रमाणीकरण
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक र संघ, प्रदेश तथा स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्ध सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्