नागढुंगामा सास्ती ( भिडियो सहित )
हिँडेरै भित्रिनेहरुको संख्या बढ्दो
धादिङ- सरकाले लक डाउन हटाएको घोषण गर्यो । मानिसहरुलाई एक जिल्लाबाट आर्को जिल्लामा आवत जावतका लागि पनि सहज भयो तर राजधानी काठमाण्डौ प्रवेशमा सर्वसाधारणहरुले भने अनेकौं समस्या भोग्नु परेको छ ।
तराई तगायत देशका विभिन्न जिल्लाहरुबाट मानिसहरु सार्वजनिक सवारीका साधन चढेर राजधानीका लागि हिँडेका भेटिन्छन ।
तर नागढुङ्गा नाकाबाट प्रहरीले अन्यत्र स्थानबाट आएका सवारी सिधै प्रवेशमा रोक लगाउँदा यात्रुहरुले निकै कष्ट भोग्नु परेको छ ।
त्रिभुवन राजपथ हुदै बाहिरी जिल्लाबाट राजधानी प्रवेशका लागि आएका यात्रुबाहक सवारीलाई प्रहरीले सिस्ने खोलाबाटै प्रवेशमा रोक लगाएपछि यात्रुहरु चार पाँच किलो मिटर सडक पैदल हिड्न बाध्य छन् ।
सरकारले कोरोना भाइरसको रोकथाम नियन्त्रणका लागि बाहिरी जिल्लाहरुबाट आएका यात्रुबाहक सवारीका साधनहरुलाई राजधानी प्रवेशमा रोक लगाएको हो ।
यसरी रोक लगाउँदा यात्रुहरुले कष्टप्रद यात्रा मात्र नभई महँङ्गो भाडा तिर्नु पर्ने बाध्यता छ ।
राजधानी प्रवेशका लागि दुई ओटा सवारी साधन परिवर्तन गर्न यात्रुहरु बाध्य छन् । कतिपयलाई त प्रहरीले हिँडेर समेत नागढुङ्गा कट्न पाउँदैनन । अनि मानिसहरु जंगलको गोरेटो बाटो हुदै राजधानी प्रवेश गर्ने गर्छन ।
राजधानी प्रवेशका लागि तराई लगायत धादिङ,रसुवा,नुवाकोट चितवनका जिल्लाहरुबाट आएका यात्रुहरुलाई अहिले धादिङ र काठमाण्डौको सिमाना सिस्ने खोलामा ल्याएर छाडिने गरिएको छ ।
सवारी भाडा पनि मनलाग्दी तरिकाले असुल्ने गरेको यात्रुहरुको गुनासो छ ।
सवारी संञ्चालकहरुले भने सरकारको निर्देशन अनुसार लाग्दो भाडामा पचास प्रतिशत बढाएर लिएको दावी गर्छन ।-
प्रतिक्रिया राख्नुहोस्