बाघ दिवसमा प्रधानमन्त्रीको भिडियो सन्देशः संरक्षणका प्रयास उत्साहप्रद

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अन्तर्राष्ट्रिय बाघ दिवसको उपलक्ष्यमा बुधबार एक सन्देश दिनुहुँदै विविध चुनौतीका बाबजुद नेपाल सरकारले बाघ संरक्षणका लागि गरेका प्रयासहरु उत्साहप्रद रहेको बताउनुभएको छ ।

सन्देशमा प्रधानमन्त्रीले बाघको संख्या बढ्दै गर्दा बाघसँग द्वन्द्व बढ्न सक्ने सम्भावनालाई नकार्न नसकिने बताउँदै त्यसका लागि सकेसम्म बाघ र स्थानीय समूदायबीच द्वन्द्व नहुने गरी बाघ पाइने राष्ट्रिय निकुन्जको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सन्देशमा प्रधानमन्त्रीले वन्यजन्तुबाट पीडित परिवारलाई दिइने राहत रकमलाई समय सापेक्ष वृद्धि गर्ने, वितरण प्रक्रियालाई सरलीकृत गर्ने र पीडित परिवारलाई लक्षित गरी संरक्षणका कार्यक्रम सञ्चालन गर्न पनि सम्बन्धित सबै पक्षलाई आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.