राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा समस्या आउन नदिइनेः मन्त्री खतिवडा

काठमाडौं- अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कोभिड-१९ ले समग्र अर्थतन्त्रमा प्रभाव पारेको अवस्थामा पनि राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनका क्रममा रकमान्तर गरेर पनि समस्या आउन नदिने बताउनुभएको छ ।

राष्ट्रियसभा, राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खतिवडाले अरु शीर्षकमा रहेका खर्च रकमान्तर गरेर र दातृ निकायबाट पनि परिपूर्ति गरेर यी आयोजनामा बजेट कमी हुन नदिइने बताउनुभयो । राष्ट्रिय गौरवका आयोजनामा छुट्टै कानून बनाएपछि त्यसले आयोजना कार्यान्वयनमा केही सहज हुने उहाँको भनाइ थियो ।

मन्त्री खतिवडाले दुई वर्ष पहिले संसद्‍मा सो सम्बन्धी विधेयक पेस गर्नुभएको थियो । व्यावसायिक सम्भाव्यता रहेका आयोजनालाई सार्वजनिक निजी साझेदारी मोडलमा अघि बढाउन सकिने उहाँले बताउनुभयो । कतिपय निकायले आफूले काम गर्दा अरुलाई असर पर्छ कि भनी ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रिय गौरवका आयोजनामा रहेका अन्तरनिकाय समन्वय, निर्माण सामग्रीको सहज उपलब्ध नहुनुलगायतका समस्या समाधान गरिने मन्त्री खतिवडाको भनाइ थियो ।

वातावरण र विकासबीच पनि सन्तुलन मिलाउनुपर्ने उहाँले औँल्याउनुभयो । कतिपय आयोजना डिजाइन हुँदाको समयभन्दा अहिलेको आवश्यकता फरक हुनसक्ने उहाँले औँल्याउनुभयो ।- (रासस)

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.