यसपटक गोसाइँकुण्ड मेला नहुने

रसुवा- धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने मेला यो वर्ष स्थगित भएको छ ।

हरेक वर्ष नागपञ्चमीदेखि श्रावण शुक्ल पूर्णिमा अर्थात् जनै पूर्णिमाका दिनसम्म लाग्ने गोसाइँकुण्ड मेला कोरोना महामारीका कारण रोकिएको हो ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिले कोरोना महामारीलाई मध्यनजर गर्दै सरकारले जारी गरेको लकडाउन सकिए पनि धार्मिक स्थल, मेला, सभा–सम्मेलन, गोष्ठी सञ्चालनमा रोक यथावत् नै भएकाले मेला सञ्चालन नगर्ने निर्णय गरेको जानकारी दिएको छ ।

मेला सञ्चालन नहुने भए पनि गोरखनाथ बाबाको टोली भने पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आउने समितिले जनाएको छ । जिल्ला भित्र तथा बाहिरी जिल्ला बाटै नागरिक गोसाइँकुण्ड मेला भर्न गएमा सामाजिक दूरी कायम गर्नका लागि समितिले आग्रह गरेको छ ।
नागपञ्चमीदेखि साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाका दिनसम्म लाग्ने गोसाइँकुण्डमा करिब पन्ध्र हजार भक्त्तजनहरुले मेला भर्ने गर्थे ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.