प्रतिबन्धित कुखरा चल्ला बरामद

कपिलबस्तु- इलाका प्रहरी कार्यालय कृष्णनगरले अवैध रुपमा भित्रिने प्रतिबन्धित भारतीय चल्ला बरामद गरी नष्ट गरेको छ।
सुराकीका आधारमा खटिएको गस्ती टोलीले भारतबाट नेपाल भित्रिदै गरेका प्रतिबन्धित कुखुराको चल्ला नष्ट गरेको प्रहरी निरिक्षक प्रताप पौडेलले जानकारी दिनुभयो । विगत केही दिनदेखि कृष्णनगर क्षेत्रको खुला नाका हुदै भारतको गोरखपुरमा उत्पादन हुने राठी कम्पनीका प्रतिबन्धित चल्ला धमाधम बरामद भइरहेका छन । नेपाल ल्याउदै गरेको एक लाख पैंतिस हजार बराबरको १८०० वटा चल्ला कृष्णनगर नगरपालिका वडा नं १ मडहाबाट बरामद भएको हो ।
लकडाउन खुलेदेखि भारतबाट अवैधरुपमा प्रतिबन्धित चल्लाहरु निरन्तर भित्रिदै गरेको छ। सिमा क्षेत्रका गाउँहरुमा सयौं कुखुरा फार्महरु संचालनमा छन । कृष्णनगर क्षेत्रको कुकुरभुकवा, सिर्सिहवा, हरिहरपुर, बेदमउ, बगही,कुशवहा, भिल्मी हुँदै कुखुराका चल्लाहरु भित्रिने गरेको प्रहरीको भनाइ छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.