अब विद्यालयमा क्वारेन्टिन र आइसोलेशन वार्ड राख्न नपाइने

काठमाडौं- सरकारले शैक्षिक सत्र २०७६/७७ को नतिजा प्रकाशित गर्न बाँकी भएका सबै शैक्षिक संस्थालाई नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । यसैगरी भदौ १ देखि विद्यार्थी भर्ना कार्यक्रम अघि बढाउन पनि सरकारले भनेको छ  ।

साथै पाठ्यपुस्तक उपलब्ध गराउने गरी काम गर्ने निर्णय पनि सरकारले गरेको छ। शिक्षा मन्त्रालयले पठनपाठनका लागि कार्य ढाँचा बनाउने काम गरिरहेको सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।

यसैगरी अब विद्यालयहरुमा क्वारेन्टिन र आइसोलेशन वार्ड नबनाउने निर्णय पनि सरकारले गरेको छ। बनाइएका छन भने हटाउने र संक्रमित बसेका भए निर्मलीकरण गर्ने उहाँले बताउनु भयो ।

साथै विद्यालयमा कोभिड-१९ सँग सम्बन्धित कुनै संरचना नवनाउने निर्णय पनि सरकारले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.