ओरालो लाग्दै शेयर बजार
काठमाडौं- आइतबार नेप्से परिसूचक ४२.७८ अंकले घटेर १ हजार ३९६.२८ विन्दुमा झरेको छ ।
नेप्से परिसूचक घटेपनि यस दिन ५ कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
आरम्भ चौतारी लघुवित्त, अजोड इन्स्योरेन्स, नेपाल फाइनान्स, छ्याङ्दी हाइड्रोपावर र आँखुखोला जलविद्युतको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
जोशी हाइड्रोपावरको शेयर मूल्य भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
आइतबार सेन्सेटिभ इण्डेक्स ८.१८ अंक घटेर २९२.७७ विन्दुमा पुगेको छ। त्यसैगरी, फ्लोट इण्डेक्स ३.१७ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०३ अंक घटेको छ।
यस दिन १८९ कम्पनीको २७ हजार ८६० पटकको कारोबारमा १ अर्ब ८४ करोड १२ लाख ४२ हजार रुपैयाँ बराबरको ४६ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्रि भएको छ।।
प्रतिक्रिया राख्नुहोस्