घुस लिएको अभियोगमा मुद्दा
सुनसरी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ६५ हजार घुस लिएको अभियोगमा इटहरी नगरपालिका सुनसरीका लेखा अधिकृत विकास पोखरेल विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उपमहारनगरपालिकाको शिक्षा शाखाले कक्षा ८ को परीक्षा सञ्चालनमा भएको खर्चको फरफारक गरी भुक्तानी दिने क्रममा पोखरेलले सेवाग्राहीसँग घुस माग गरेको आरोप लागेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी पोखरेल विरुद्ध बिगो अनुसारको कारवाहीको माग दाबी गरिएको छ ।-
प्रतिक्रिया राख्नुहोस्