पर्सामा एकै दिन ७३ जना नयाँ संक्रमित थपिए

पर्सा- गएराती प्राप्त रिपोर्ट अनुसार पर्सा जिल्लामा ७३ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । वीरगन्जको नारायणी अस्पतालको प्रयोशालामा गरिएको पिसिआर टेस्टबाट १५ जना महिला र ५८ जना पूरुषमा संक्रमण पुष्टी भएको हो ।

साउन ८ गते देखि १५ गते सम्म संकलन गरिएको स्वाब नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १५ वर्ष देखि ७१ वर्ष उम्मेर समुहका ७३ जना कोरोना संक्रमित फेला परेको मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो । उहाँले फेला परेका मध्ये ३ जना बाराका र ७० जना पर्साका रहेको बताउनुभयो ।

सबै भन्दा बढी वीरगन्ज महानगरपालिकाको वडा नं. ११ श्रीपुरबाट ४० जना संक्रमित फेला परेका छन् । श्रीपुरबाट १२ जना महिला र २८ जना पुरुषमा संक्रमित भेटिएको मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले जानकारी दिनुभयो ।

उहाँले गएराती आएको पिसिआर रिर्पोटमा पर्सा जिल्लाबाट दुई जना सुरक्षाकर्मी र एक जना संचारकर्मी समेत संक्रमण पुष्टी भएको ताउनुभयो । वीरगन्ज महानगरपालिकाले सुरु गरेको मास टेस्टिङमा संकलन गरिएका स्वायबको नमुनाबाट अधिकांश संक्रमित फेला परेको अस्पतालले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.