बिसे नगर्चीको सम्झना !

गोरखा-  बिसे नगर्चीको शालिक स्थापना गरेको दिनको अवसरमा गोरखामा एक कार्यक्रमको आयोजना गरियो । गोरखा नगरपालिका–६ गितारडाँडास्थित नगर्चीको शालिक राखिएको स्थानमा कार्यक्रम गरिएको हो ।

को हुन बिसे नगर्ची ?

बि.सं. १७७५ सालमा गोरखामा जन्मेका बिसे नगर्ची आर्थिक जोहो गराउन राजा पृथ्वी नारायण शाहलाई सल्लाह दिने व्यक्ति थिए ।

गोरखा दरवारमा नगर्चीको काम गर्ने उनले नेपाल एकीकरणका लागि राजालाई आर्थिक सल्लाह दिने गर्थे । पृथ्वी नारायण शाहका बुवा नरभुपल शाहको पालादेखि नै उनी गोरखा दरवारमा नगर्चीको रुपमा काम गर्थे ।

पृथ्वी नारायण शाहले आफू २१ बर्षको हुदाँ नेपाल एकीकरणको योजना बनाएर नगर्चीसँग केही सल्लाह लिन उनलाई दरवार बोलाए । राज्य एकिकरणका लागि आवश्यक हतियार किन्न पैसाको जोहो कसरी गर्ने भनेर उनी सँग सल्लाह मागे ।

नगर्चीले आफ्नी श्रीमतीलाई घरबाट एक रुपैयाको सिक्का लिएर आउन भने र सोही सिक्का राजाको हातमा थमाइदिए । हतियार खरिदका लागि एक रुपैया दिएर अपमान गरेको भन्दै पृथ्वी नारायण शाह रिसाए । तर नगर्चीले गोरखा जिल्लाभर रहेको १२ सय घरधुरीबाट प्रति घर एक रुपैया संकलन गरे १२ सय हुने र हतियार किन्न पुग्ने सल्लाह दिए ।

नगर्चीको सल्लाह अनुसार पृथ्वी नारायणले पैसा संकलन गरे र बनारस बाट हतियार किनेर ल्याए । अनि बाइसे, चौविसे राज्यमा टुक्रिएको नेपाललाई एकिकरण गर्न लागि परे र सफल पनि भए ।

यसरी नगर्चीलाई दरवारमा बिशेष सल्लाहकारको रुपमा लिइन्थ्यो । दरवारको बिभिन्न महत्वपूर्ण काममा समेत नगर्चीको सल्लाह सुझाव लिने गरिन्थ्यो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.