उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि प्रमुख नाका साँगामा कडाई (फोटो फिचर)

काभ्रे- उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि प्रमुख नाका साँगामा कडाई थालिएको छ । काभ्रे र भक्तपुरको सिमामा पर्ने साँगामा दुई जिल्लाका सुरक्षा निकाय उपस्थित भएर अनुगमन गरेका हुन् ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहित हुमकला पाण्डेसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, अनुसन्धानसहितको संयुक्त टोलीले साँगा हुँदै उपत्यका प्रवेश गर्न गरिएको कडाईबारे सम्बन्धित अधिकारीसँग जानकारी लिएका थिए ।

अन्तर जिल्ला समन्वय बैठकले बिना अनुमति आउने सवारी साधनलाई सिन्धुपाल्चोक र सिन्धुलीको सिमानामा नै रोक्ने र उपत्यका प्रवेशमा कडाई गर्ने निर्णय गरेको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभयो ।

सिमा नाका थप कडाई गर्ने र पास भएका अत्यावस्यक गाडीलाई मात्रै उपत्यका प्रवेश अनुमति दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

पूर्व र तराईका जिल्लाबाट उपत्यका प्रवेश गर्नेलाई नाकामा कडाई गर्दा स्थानीय जोखिममा रहेको भन्दै साँगाका स्थानीयले दुवै जिल्लाका प्रशासनको ध्यानाकर्षण गराएका थिए ।

यसअघि स्वास्थ्य मन्त्रालयले विभिन्न ३ नाका पिसिआर परिक्षण गर्दा साँगा भएर उपत्यका प्रवेश गर्नेमा संक्रमण बढी देखिएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.