स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरे कैद र जरिवाना तिराउने चेतावनी

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न आम नागरिकलाइ आग्रह गरेको छ ।
सङ्क्रामक रोग ऐन, २०२० अनुसार राज्यको आदेशलाई अपहेलना गर्ने व्यक्तिलाइ १ महिनासम्म कैद वा १०० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । पछिल्लो समय लापरवाही बढेको निष्कर्ष निकाल्दै थप कडाइ गर्ने काठमाडौँ जिल्ला प्रशासनले जनाएको छ ।
अहिलेसम्म जरिवानालाई प्राथमिकता दिइएकोमा अव कैद नै गर्ने मनस्थितिमा पुगेको काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अनुगमनका क्रममा व्यवसाय सञ्चालकले समेत मापदण्ड पालना नगरेको पाइएकाले मापदण्ड पालना नगर्ने व्यावसायिक प्रतिष्ठान बन्द गराइने पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्