उपत्यकासहित केही जिल्लामा जोरविजोर प्रणाली लागू

काठमाडौं–  बिहीबारदेखि उपत्यकासहित केही जिल्लामा जोरविजोर प्रणाली लागू भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले विज्ञप्ती जारी गर्दै काठमाडौं उपत्यका र कोभिड १९ को २ सय भन्दा बढी सक्रिय संक्रमण केस भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारीमा जोरविजोर लागू भएको जानकारी दिनुभएको छ ।

यसैगरी सहरी इलाकामा साँझ ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने पनि गृहले निर्णय गरेको छ ।

सरकारले आगमन अनुमति पाएकाबाहेक लाई अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवतजावत बन्द गर्ने तथा होटल, रेस्टुरेन्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार र अन्य भेलालाई रोक्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.