जमिन भासिएपछि बस्ती सार्ने तयारी

लम्जुङ- लमजुङको दोर्दी गाउँपालिका–८, दुवार गाउँमा जमिन भास्सिएर ६७ घर बस्तीनै जोखिममा परेको छ ।

दुवार गाउँमा कतै पहिरो गएको छ भने कतै जमिन धस्सिएको छ । पहिरो गएर कसैको घर पुरिएको छ । गाँउमा निर्माण गरिएको सिँडिहरु दबिएको छ । भुकम्पमा पनि नभत्किएका घरहरु चिरिएका छन् ।

आफ्नो भएको यही एउटा घर नै भत्कन लागेपछि अब कहाँ बस्ने भन्ने स्थानीयको चिन्ता छ ।

तर बस्ती स्थान्तरणको लागि भौगोलिक अध्ययन नगरी काम अघि बढाउन नहुने प्रदेश सरकारको ठम्याइ छ ।

भूगोल नै भास्सिएपछि अबस्थाको बारेमा बुझ्न पुग्नु भएका गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले भुगर्वविदहरु ल्याएर विस्तृत अध्ययन गरेपछि थप निर्णय गरिने बताउनुभएको छ ।

अहिले भत्किन लागेर जोखिममा रहेका परिवारलाई टहरा हालेर राखिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.