रोल्पामा युद्ध संग्रहालय
रोल्पा- माओवादी सशस्त्र द्वन्द्वको उद्गम स्थल रोल्पामा युद्ध संग्रहालय बन्ने भएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिका–७ तिलामा तात्कालिन शान्ति प्रक्रियाका क्रममा पूर्व लडाकुहरुको शिविर रहेको ठाउँमा अहिले युद्ध संग्रालय बनाउन लागिएको हो ।
गत आर्थिक वर्षमा संघीय सरकारको ५० लाख र ५ नम्बर प्रदेश सरकारको ४० लाखबाट युद्ध संग्रहालयका लागि शालिक सहितको गेट, सूचना केन्द्र र सभाहल निर्माण गरिएको छ । यस्तै संग्राहलयसम्म पुग्न सिँढी र वरपर तारबार गरिएको छ ।
संग्रहालयमा तत्कालिन युद्धमा प्रयोग भएका विभिन्न सामाग्री तथा युद्ध झल्काउने सामाग्री राखिने छन । संग्राहलय बनेपछि यस क्षेत्रमा पर्यटन प्रवर्धन हुने स्थानीयको छ ।।
प्रतिक्रिया राख्नुहोस्